राजनीति

असार १० गते नेपाल बन्द: हत्याको बदला लिने घोषणा

सर्लाहीमा पार्टी जिल्ला इन्चार्जको प्रहरीले गोली हानी हत्या गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लवले’ त्यसको कडा प्रतिवाद गर्दै क्रान्तिको प्रक्रियामा बदला लिने घोषणा गरेका छन्।

बिहीबारमात्र नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरीले गोली हानी हत्या गरेको थियो । नेकपाका महासचिव विप्लवले शुक्रबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै सरकारले फासीवादी शैलीमा देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

राजनीतिक कार्यक्रम सकेर फर्कदै गर्दा सर्लाही लालबन्दी १ लखन्तीखोलामा पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको र जनतामा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको आरोप लगाएका छन् । साथै विप्लवले फासीवादी सरकारले दोहोरो भिडन्त भएको भन्दै गरेको दावी खारेज गरिदिएका छन् ।

महासचिव विप्लबद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘केपी ओली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लुटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ । त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कदै गर्दा सर्लाही लालबन्दी १ लखन्तीखोलामा पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको र जनतामा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ ।’

महासचिव विप्लवद्वारा जारी प्रेस वक्तव्यमा असार १० गते मंगलबार ‘नेपाल बन्द’ लगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रेस वक्तव्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post