साहित्य

कविता – परिवर्तन

परिवर्तन के हो? विशाल भुँडी भएका नेतालाई नसोध

उसले तिमीलाई प्रयोग गरी आफ्नो स्वार्थ लुटिरहेको हुन्छ ।

त्यो तिम्रो बोली खेरा मात्र हो

परिवर्तन के हो? भ्रष्टाचार अभियोग लागेका भ्रष्टाचारीलाई नसोध

उसले तिम्रो अलि अलि भएको सम्पत्ति खोसी नाङ्गो बनाउँछ।

त्यो तिमीलाई घातक हो

परिवर्तन के हो? लुटेरा र गुन्डालाई नसोध

उसले तिमीलाई लुटेर मारेर खोल्सामा फाल्नेछ ।

त्यो तिम्रो जीवनको नाश मात्र हो

परिवर्तन के हो? अदालतका कालो कोट लगाउनेलाई नसोध

उसले न्यायका नाममा तिमीसँग रकम असुली तिमीलाई बेइमान गराउँछ ।

त्यो तिमीमाथि झनै अन्याय हुनेछ

परिवर्तन के हो? सरकारी विद्यालयका शिक्षकलाई नसोध

उसले तिमीलाई ज्ञानको नाममा राजनीतिक अभीष्ट पूरा गर्ने गर्छ ।

त्यो केवल तिम्रो दिमाग भुट्नु मात्र हो

परिवर्तन के हो? सर्वसाधारण जनतालाई सोध

उसले भन्ने छ – परिवर्तन केबल भ्रष्टाचार, जाली, फटाहा, देश लुट्नेहरुलाई आयो ।

जनतालाई हात्ती हात्ती आयो फुस्सा!!

– बाबुराम पौडेल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post