संस्कृति

काफ्ले समाज कास्कीको तेह्रौँ साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

काफ्ले समाज कास्कीको तेह्रौँ साधारण सभा तथा तीज विशेष कार्यक्रम शनिबार सम्पन्न भयो । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

डि भिलेज रेस्टुरेन्ट चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा प्रमुख अतिथि काफ्ले समाज केन्द्रका केन्द्रीय कार्यसमितिका अध्यक्ष गुणराज काफ्लेले काफ्लेको उन्नति र प्रगतिका लागि सबै एकजुट हुन आग्रह गरे । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खेम काफ्ले, देव कृष्ण काफ्ले, क्षेत्रीय अध्यक्ष कृष्णप्रसाद काफ्ले, काफ्ले समाज कास्कीका सल्लाहकार ई. सारदा मोहन काफ्ले, पोखरा महानगरपालिका बाल मन्चका प्रवक्ता आरोग्य मोहन काफ्ले लगायतले बोलेका थिए ।

कार्यक्रम काफ्ले समाज कास्कीका अध्यक्ष मिनराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम समाजका सचिव गोविन्द काफ्लेले संचालन गरेका थिए । कार्यक्रममा कास्की जिल्लामा बसोबास गर्ने काफ्लेहरूका साथै चेलिबेटीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post