विश्व समाचार

काबुल आक्रमणमा १० को मृत्यु, ११ नेपालीसहित २७ घाइते

अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको पुष्टि भएको छ। उनीहरू कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गरिएको जनाएको छ।

अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो। आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएका छन्।

जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ।

Source: BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

28 Shares
Share28
Tweet
+1
Pin