राष्ट्रिय

कालो दिन अर्थात् बैशाख १२ को सम्झना

आजको दिन नेपाली इतिहासकै कालो दिन अर्थात् त्रासदीय दिन हो । ठिक आजभन्दा चार वर्ष अघि वैशाख १२ गते हामीले कल्पना नै नगरेको अकल्पनीय विपत्तिको सामना गर्नु परेको थियो । ठूलो मानवीय र धनजनको क्षति पुर्याएको महाभुकम्पको त्रास अझै पनि हाम्रो मस्तिष्कबाट हट्न सकेको छैन ।

वि.सं. २०७२ साल वैशाख १२ गते ११बजेर ५६ मिनेट जाँदा गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टर स्केलको महाभुकम्पले ८ हजारको हाराहारीमा मानिसहरुको मृत्यु भयो भने हजारौँको संख्यामा मानिसहरु घाइते भए । यति ठूलो मानवीय क्षति पुर्याएको महाभुकम्पले हजारौँ भौतिक संरचनामा क्षति पुर्याई लाखौँ परिवारलाई घरबारविहीन बनाएको थियो ।

यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास निर्माणमा ८० प्रतिशत प्रगति भएको जनाएको थियो । २०७२ साल बैशाख १२ गते गएको गोर्खा भुकम्पको विहीबार ४ बर्ष पुरा हुँदैछ ।

विपत्तिलाई टार्न सकिँदैन तर क्षतिलाई न्युनीकरण गर्न पक्कै सकिन्छ । भुकम्प प्रतिरोधात्मक संरचनाको निर्माण र पीडितहरुको यथोचित व्यवस्थापन अहिलेको आवश्यकता हो । जनचेतना जगाउदै क्षतिग्रस्त संरचनाको निर्माणमा अब ढिलाइ गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post