खेलकुद फुटबल समाचार

किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपर अवार्डको मनोनयनमा परेका छन् ।  माल्दिभ्सको शीर्ष डिभिजन क्लब टिसी स्पोर्टस्बाट ब्यवसायिक फुटबल खेलेका किरण अवार्डको मनोनयनमा परेका हुन् ।

माल्दिभ्स फुटबल डट कम र फुटबल एसोसियसन अफ माल्दिभ्सले संयुक्त रुपमा अवार्ड प्रदान गर्छन् । अवार्ड विजेता यही डिसेम्बर १९ तारिखमा घोषणा हुनेछ ।

यसपटक टिसी स्पोर्टस्ले माल्दिभ्सको लिग समेत जितेको थियो । टिसीलाई लिग जिताउन किरणले मुख्य भूमिका निभाएका थिए । किरण अघिल्लो बर्षपनि यस अवार्डको मनोनयनमा परेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

17 Shares
Share17
Tweet
+1
Pin