खेलकुद

कुवेतमाथि नेपालको सानदार जित

नेपालले विश्व ट्वान्टी–२० एसिया छनोटमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यससँगैं नेपालको ग्लोबल छनोटमा पुग्ने आशा पनि यथावत नै रहेको छ । कप्तान पारस खड्काले चोटलाई पन्छाउदैं पुनरागमन गरी सानदार इनिङ्स खेल्दै नेपाललाई विजय दिलाएका हुन् ।

सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपालको ३ खेलमा ४ अंक छ। सिंगापुर ३ खेलमा ५ अंक बोकी शीर्ष स्थानमा छ। नेपालले आइतबार सिंगापुरसँगैं खेल्ने छ। यो खेलमा जित्ने टोली ग्लोबल क्वालिफायरमा पुग्ने छ।पाँच राष्ट्र सहभागि प्रतियोगिताको विजेता राष्ट्र अक्टोबर–नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने प्रावधान छ। कमजोर मानिएको कतारसँग पहिलो खेलमा ४ विकेटले पराजित भएपछि सिंगापुरमा भइरहेको विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालको स्थिति अप्ठयारो बनेको थियो। श्रोतः कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post