समाचार साहित्य

गीताञ्जली साहित्य रत्न पुरस्कार न्यौपानेलाई

गीताञ्जली साहित्य परिवार पोखराद्वारा वितरण हुँदै आएको गीताञ्जली साहित्य रत्न पुरस्कार लोक संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेलाई प्रदान गरिएको छ । नेपाली लोकगीत र लोकसंस्कृतिका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै न्यौपानेलाई सो पुरस्कार प्रदान गरिएको हो ।

नेपाली लोकगीतमा विद्यावारिधि गरेका न्यौपानेले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा लोकसाहित्यका विविध विधामा चार दर्जन बढी अनुसन्धनात्मक कार्यपत्र प्रस्तुत गरिसकेका छन् । उनी वि.सं. २०४५देखि त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरुमा अध्यापन गराउदै आएका छन् ।

त्यसैगरी सोही कार्यक्रममा साहित्यकार तीर्थराज अधिकारीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको ‘रुक्मिणा नारायणदत्त मुक्तकमणि पुरस्कार’ गीतकार रत्न शमशेर थापालाई प्रदान गरिएको छ । सोही कार्यक्रममा साहित्यकार तिलक पौडेलले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरिएको ‘तुलसीमुवा अहिल्या बाल प्रतिभा पुरस्कार’ प्रिय दर्शन पहारीलाई प्रदान गरिएको छ ।

‘गीताञ्जली साहित्य रत्न पुरस्कार’को राशि ११ हजार ५ सय र सम्मानपत्र, ‘रुक्मिणा नारायणदत्त मुक्तकमणि पुरस्कार’ ११ हजार ५ सय र सम्मानपत्र र ‘तुलसीमुवा अहिल्या बाल प्रतिभा पुरस्कार’ १ हजार ५ र सम्मान पत्र रहेको छ ।

साहित्यकार तारा पाखेको संयोजकत्वमा असफल गौतम, प्रतिभा शर्मा सदस्य तथा शिव प्रसाद गौतम र तीर्थराज अधिकारी सहजकर्ता रहेको प्रतिभा छनोट समितिले न्यौपाने, थापा र पहारीलाई सिफारिस गरेको थियो । पुरस्कृत प्रतिभाहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री बाबुराम कुँवरले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत स्रष्टा प्रा.डा. कुसुमाकर न्यौपानेको जीवनी प्रा. लक्ष्मीशरण अधिकारी, रत्नशमशेर थापाको जीवनी असफल गौतम, प्रियदर्शन पहारीका बारेमा प्रतिभा शर्माले चर्चा गरेका थिए । गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भानु भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

72 Shares
Share72
Tweet
+1
Pin