शिक्षा

टप्स मा.विको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

पोखरा १०, रामघाटमा अवस्थित टप्स आवसिय स्कुलको २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिबार विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय उपाध्यक्ष डिके ढुङ्गानाले नेपालको शैक्षिक विकासमा निजी विद्यालयले खेलेको महत्त्वपूर्ण भूमिका उल्लेख गर्दै कास्कीको एउटा अब्बल विद्यालयका रुपमा स्थापित भएकामा टप्स मा.विको प्रशंसा गरे । सो अवसरमा विशेष अतिथि प्याब्सनका केन्द्रीय संगठन सचिव आर.वि. कटुवालले विद्यालयले गरेको प्रगतिको प्रशंसा गरे ।

कक्षा १२की छात्रा अञ्जली गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा अभिभावकका तर्फबाट रघुनाथ गुरुङले मन्तव्य राखेका थिए ।

पोखरा सभागृहमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले नाटक (अङ्ग्रेजी, नेपाली), गीत, नृत्य प्रस्तुत गरेर अभिभावक तथा अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कक्षा दशमा अध्ययनरत विद्यार्थीलाई सम्मानका साथमा शुभकामना व्यक्त गरिएको थियो । त्यसैगरी एसइइमा उत्कृष्ट एक जना छात्रा र एक जना छात्र तथा कक्षा १२मा व्यवस्थापन र विज्ञान विषयमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई जनही १० हजार पुरस्कारसहित सम्मान गरिएको प्लस टु संयोजक निर्मल सोतीले जानकारी दिए । कार्यक्रम शिक्षक चित्र कुमार गुरुङ, चेतमाया गुरुङ र विद्यार्थीहरुको सहकार्यमा सञ्चालन गरिएको थियो ।

कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य रत्नमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post