शिक्षा

न्यू मोडल डाइनामिकमा जु.रे.स. गठन

वैशाख २३, पोखरा ८ नागढुङ्गामा रहेको न्यू मोडल डाइनामिक एकेडेमिमा रेडक्रसको सात सिदान्तमा पुर्ण निष्ठवान २६ सदसीय जुनियर रेडक्रस समितिको गठन गरिएको छ ।

कक्षा नौ का छात्रा आयुष बस्ताकोटिको नेतृत्वमा गठन भएको समितिमा निकिता बस्याल उपाध्यक्ष जानकी श्रेष्ठ सचिव र विवेक क्षेत्री सह सचिव रहेका छन् । कोषाध्यक्षमा अनिषा भुजेल रहेकी छन् । करिना परियार, प्रविन शाहि, निर्जला शर्मा, साङगीला बराम,ु जीवन परियार, निश्चल सिग्देल, स्नेहा छिमाल, रेविसा ढकाल, विजया गिरि, शिवानी शाह, शिक्षित गौतम, प्रमिश मल्ल, युनिस गुरुङ, आरजु क्षेत्री, रेनुका रानाभाट, सविन बस्याल, विवेक क्षेत्री, समृत राना मगर, वर्षा शर्मा, क्रिष्टिना गुरुङ सदस्य रहेका जु . रे . स . ले यस बर्ष रक्तदान स्वास्थ शिविर सरसपलाई तथा बृक्षारोपन कार्यक्रम सञ्चालन गर्न विश्व रेडक्रस दिवसको अवसरमा अर्थ सङकलन गर्ने लक्ष्य तय गरेको छ । शिक्षक नायक प्रतिज्ञा शर्माले सबैसँग सहयोगको अपेक्षा राखेकोले मन बचन र कर्मले सहयोग गर्न र सङकटमा सहयोग लिन अनुरोध गनुभयो । विद्यालयका प्राचार्य लक्ष्मण पोख्रेलले समितिका सदस्यहरुलाई रेडक्रसका मानवता स्वतन्त्रता विश्वव्यापकता निष्पक्षता ततष्ठता निस्वार्थता र स्वयमसेवक सात सिदधान्तको सपथ खुवाउदै टिका लगाएर बधाई दिदँै सफल कार्यकालको कामना गनुभयो । उहाँले अझ थप्नुभयो मैले धेरै रचनात्मक कार्यको अपेक्षा गरेको छु । त्यसलाई पुरा गर्न आवश्यक सहयोग बिद्यालय परिवार हरदम तयार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post