नेपाली शिक्षा

न्यू मोडल डाइनामिकमा नव–आगन्तुक विद्यार्थीको स्वागत

पोखरा–९, नागढुङ्गामा अवस्थित न्यू मोडल डाइनामिकमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पोखराको साङ्ग्रिला होटेलमा आयोजना भएको कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई खादा लगाएर स्वागत गरिएको थियो ।

कक्षा ११ का विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी वीरेन्द्र बिजुक्छेले न्यू मोडल डाइनामिक छनौट गरेर विद्यार्थीले उचित कदम चालेको भन्दै शुभकामना व्यक्त गरे । साथै, विद्यालयमा उचित शैक्षिक वातावरण रहेको बताए ।

प्राचार्य लक्ष्मण पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा दश जोड दुई संयोजक भरत गौतमले विद्यार्थीको सुनिश्चित भविष्यका लागि प्रतिबद्ध रहेको बताए ।

विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेको सो कार्यक्रममा डा. भावना पोखरेल तथा विकास गुरुङको विशेष मोटिभेसनल प्रस्तुति रहेको थियो । कार्यक्रममा सस्कृतिविद् तथा प्रोफेसर डा. कसुमाकर न्यौपाने, एसओएसका युथ डाइरेक्टर प्रदिप आचार्य लगायतले बोलेका थिए । कक्षा ११ की छात्रा पूजा लम्सालले विद्यार्थीका तर्फबाट धन्यवाद मन्तव्य राखेकी थिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य पदम बस्ताकोटीले गरेका थिए ।कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित विद्यालयमा व्यवस्थापन र होटल व्यवस्थापन विषयमा पढाइ हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post