अर्थ/वाणिज्य घुमफिर

पर्वतका तीन स्थानमा प्रसूति वार्ड, पञ्चासे केवलकारमा ४० करोडको प्रतिबद्धता

अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतको फलेवास नगरपालिका, जलजला गाउँपालिका र पैँयू गाउँपालिकामा प्रसूति वार्ड निर्माण गर्ने निर्णयको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको युनाइटेड अरव इमिरेट्सको दुवईमा सम्पन्न भेलाले सो निर्णय घोषणा गरेको हो ।

ग्रामीण क्षेत्रमा प्रसूति पीडाकै कारण महिलाहरुले अनेकन समस्या भोग्नु पर्ने र ज्यान गुमाउनु पर्ने बाध्यता छ । यही समस्यालाई मध्यनजर गरी प्रसूति समस्याकै कारण ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सो निर्णणमा पुगेको अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार कृष्ण तिवारीले जानकारी दिएका छन् । साधै खाडी मुलुकमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि एक अक्षय कोष खडा गरेको पनि सल्लाहकार तिवारीले जानकारी दिए।

यसै गरी सोही भेलामा पञ्चासे र आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको पञ्चासे केवुलकार तथा पूर्वाधार निर्माणमा गैरआवासीय नेपालीले ४० करोड बढीको प्रतिवद्धतासमेत गरेको छ ।

कास्की, स्याङ्जा र पर्वतको सङ्गम स्थलका रुपमा रहेको पञ्चासे केवुलकार गण्डकी प्रदेशको गौरवका साथै ड्रिम प्रोजेक्टका रुपमा रहेको छ ।

पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्मको ८.५ कि.मी. लामो दुरीको केवुलकार गण्डकी प्रदेशको ठूलो केवुलकार परियोजनाका रुपमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post