राजनीति विश्व

पर्वतेली युवा अमेरिकाको मेरिल्याण्ड राज्य प्रतिनिधिसभा सदस्यमा विजयी

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा पर्वतेली युवा ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा खाता खोल्न सफल भएका हुन् । विजयसँगै भण्डारी अमेरिकी राज्य संसद भवन छिर्न सफल भएका छन् । 

गत जुन २६ ,२०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी विजयी बनेका थिए । आज सम्पन्न भएको मध्यावधि निर्वाचनमा उनी दोश्रो स्थानमा आई विजयी भएका छन् ।

गत जुन महिनामा सम्पन्न प्राथमिक चरणको निर्वाचनमा मैदानमा उत्रिएका ४ जना प्रतिस्पर्धी एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए । उनलाई यस मध्यावधि निर्वाचनले ढोका खोलि दिएको छ ।

सम्भवत यसरी मूलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका हुन् । यस्तैगरी न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकी उम्मेदवार मदलसा गुरुङ पनि उपबिजेता बनेकी छिन् ।

निर्वाचन क्षेत्र संख्या ८ मा ह्यारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटिक पार्टीका तर्फबाट भिडेका थिए । ह्यारी लगायतले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग सामना गरेका थिए । मेरिल्याण्ड राज्य अन्तर्गत रिपब्लिकन दलका गभर्नरका लागि सशक्त उम्मेदवार ल्यारी होगनलाई मत हाल्नेले रिपब्लिकन दललाई मत खसालेता पनि डेमोक्र्याटिक दलका उम्मेद्वार ह्यारीको जित भएको छ ।

नेपालको पर्वत जिल्लाबाट अमेरिका सन् २००५ मा आएका हुन् । भण्डारी नेपालमा अंग्रेजी भाषामा प्राध्यापन गर्थे भने अमेरिकामा पनि भण्डारी प्राध्यापन पेशामा संलग्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post