समाचार साहित्य

पोखरामा “सयौं पुतली”को परिचर्चा

नेपाली आख्यान जगतमा तोदाबाट यात्रा प्रारम्भ गरेकी आख्यानकार उमा सुवेदीको कथा संग्रह “सयौं पुतली”को शनिबार पोखरामा परिचर्चा गरियो । पुस्तक चर्चाको चाँजोपाँजो पुछार सिटे अभियानले मिलाएको थियो ।

पोखराको न्यूरोडमा रहेको हिमालयन रिडर्स कर्नरको हलमा आयोजित पुस्तक परिचर्चा कार्यक्रममा समीक्षक तथा कवि अल्पज्ञानीले कथा संग्रह “सयौं पुतली”मा १७ वटा कथाहरू रहेको बताउँदै कथा संग्रहमा नारीको सकारात्मक परिवर्तन लेखिएको चर्चा गरे । उनले भने,” यौन, कुण्ठा, आवेग, संवेग, बलात्कार , हिंसा, विवशताको समायोजन नै “सयौं पुतली” हाे । त्यसैगरि सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक बेथितिको जगमा निर्मित समाजको वास्तविकता नै कथा संग्रह “सयौं पुतली”को विषय रहेको बताए ।

अाख्यानकार तथा स्रष्टा उमा सुवेदीले नारी बन्धन र स्वतन्त्रताका कथा, सपना र रहरका कथा, समाजले दिइरहने उर्दी र तिनको अवज्ञाका कथा “सयौँ पुतली” रहेको बताइन् । वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अथिति रहेको कार्यक्रम पुछार सिटे अभियानका संयोजक सञ्जीव पौडेलकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

243 Shares
Share243
Tweet
Pin