अर्थ/वाणिज्य

फिस्टेल सहकारीको उद्घाटन सम्पन्न

फिस्टेल बचत तथा ऋण सहकारी संस्था लि.को शुभारम्भ संस्थाका जेष्ठ शेयर सदस्य प्रेमबहादुर श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर तथा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत नारायण पौडेलले रिबन काटेर संयुक्त रुपमा गरे । शेयर सदस्य शोभित बहादुर खड्कालाई प्रमुख अतिथिले भौचर हस्तान्तरण गरि रकम जम्मा गरेर कारोबारको शुरुवात गरिएको थियो ।

कार्यक्रममा १९६ जना नया शेयर सदस्यहरु लाई पनि स्वागत गरियो । पहिलो आवधिक बचतकर्ता लेखनाथ श्रेष्ठलाई पनि सम्मान गरियो । कार्यक्रममा एक करोड २२ लाख रकम बराबरको कारोबार भएको संस्थाका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । संस्थाका सल्लाहाकार संयोजक बाबुराम पन्तको नेतृत्वमा तदर्थ समितिका सदस्यहरुले पोखरा वृद्दाश्रममा पुगी जुस तथा फलफुल बितरण गरेका थिए । संस्थाले आफ्नो छुट्टै पहिचान कायम राख्दै उदारहणीय कामहरु गर्दै जाने साथै सदस्यहरु लाई संस्था प्रति अपनत्व महशुस हुनेगरी सदस्यहरु बिचमा रहेको सीप, पुँजी तथा क्षमतालाई सदस्यहरु कै जीवनस्तर उठाउन को निम्ति उपयोग गर्ने र सहकारीको परिभाषालाई यथार्थमा उतार्ने संस्थाका अध्यक्षले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post