राष्ट्रिय

बन्दको पूर्वसन्ध्यामा काठमाडौँको दुई स्थानमा विस्फोट: तीनको मृत्यु

काठमाडौँको दुई स्थानमा भएको विस्फोटमा परी आज तीन जनाको मृत्यु भएको छ । उक्त विफोटमा अन्य ५ जना घाइते भएका छन् ।

साँझ करीब ५ बजेको आसपासमा काठमाडौँको सुकेधारास्थित ढलानी पुल र घट्टेकुलो नजीकै विस्फोट भएको हो । सुकेधारामा एक सैलुन पछाडि विस्फोट भएको र घट्टेकुलोमा भने घरमा विस्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । सुकेधारमा भने सिलिण्डर पड्किएको जानकारी आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

1 thought on “बन्दको पूर्वसन्ध्यामा काठमाडौँको दुई स्थानमा विस्फोट: तीनको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post