साहित्य

‘बुद्ध फेरि एक चोटी आऊ’

बुद्ध फेरि एकचोटी
धर्तीले तिमीलाई खोजेको छ
सिंहदरबार तिमी स्वयम्भूबाट ओरालो
लाग्छौँ कि भन्ने पर्खाइमा छ
खारामा तिम्रो सम्झना गरियो
माडी तिम्रो सम्झनामा रोयो
नौमुले, गौर, स्याङ्जा, डिमुवा सबै
तिम्रै पर्खाइमा छन्
शिवपुरी तिमीलाई स्वागत गर्न आतुर छ ,
आफ्नो अशुद्ध आत्मा
तिमीलाई सुम्पेर शुद्ध बन्न चाहन्छ
कपिलवस्तु तिमी हिँडेदेखि नै दुखिरहेछ
त्यसैले बुद्ध फेरि एकचोटी
धर्तीले तिमीलाई खोजिरहेछ
धर्तीले तिमीलाई खोजिरहेछ। 

बुद्ध तिम्रो जन्मभूमि मात्र होइन
विश्व तिम्रो उपस्थिति चाहन्छ
हिटलरको आत्मा पश्चात्ताप गर्दै
तिम्रो चरण पर्न चाहेको छ,
लिविया, अफगानिस्तान र केन्यामा
तिम्रा स्वागतद्वार बन्दै छन्
अमेरिकाले तिम्रो अभाव
महसुस गर्न चालेको छ
चीन तिम्रो आगमनमा
प्रातः स्वागत गीत गाइरहेछ
इराक, इरान र पूर्वी टिमोरमा
‘बुद्धम् शरणम् गच्छामी’को
ध्वनि बुलन्द भइरहेछ
साच्चै बुद्ध एकचोटी फेरि आऊ
धर्ती तिमीलाई खोजिरहेछ
धर्ती तिमीलाई खोजिरहेछ ।

-जगत काफ्ले

मिति: २०७३/०२/१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

19 Shares
Share19
Tweet
Pin