विश्व

भर्जिनिया बीच सिटी गोलीकाण्ड:११ जनाको मृत्यु

अमेरिकाकाे भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्। घटनामा एक प्रहरी सहित अन्य छ जना घाइते छन्।

भर्जिनिया बीच सिटीका कर्मचारीले नै गाेली चलाएकाे प्रहरीले जनाएकाे छ। ती कर्मचारीले सरकारी भवनमा अन्धाधुन्ध गोली चलाउन थालेका थिए।

गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। प्रहरीले सन्दिग्ध व्यक्तिकाे पहिचान भने खुलाएकाे छैन। श्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post