राजनीति

भोलि ३० गते नेपाल बन्द

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले फागुन ३० गते नेपाल बन्दको आह्वान गरेको छ ।

सरकारले पक्राउ गरेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै भोलि बिहीबार नेपाल बन्द आह्वान गरेको पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाएको छ ।

नेकपाले मुलुकमा चलिरहेको भष्ट्राचार, तस्करी, दलाली, अन्याय, हिंसा, बलात्कार र राष्ट्रघाटका विरुद्ध शान्तिपूर्ण ढंगबाट जनताका साथ अगाडि बढिरहेका बेला सरकारले गाउँगाउँमा संकटकालकै जसरी छापा मार्ने, दमन गर्ने, धरपकड गर्ने, गिरफ्तार तथा झूटा मुद्दा लगाउने जस्ता अराजनीतिक व्यवहार गरेको भन्दै बन्दको घोषणा गर्न बाध्य भएको जनाएको छ ।

नेकपाको घोषित संघर्षका कार्यक्रमअनुसार फागुन २५ र २६ गते प्रचार प्रसार, २७ गते देशभर कोणसभा, २८ गते ¥याली गर्ने, २९ गने साँझ मसाल जुलुस र ३० गते नेपाल बन्द गर्ने विज्ञप्तिमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post