शिक्षा

माछापुच्छ्रे माविको स्वर्ण महोत्सव सम्पन्न, सङ्कलित १ करोड ५६ लाख रकम प्राविधिक शिक्षामा लगानी गरिने

कास्कीको सार्दिखोलामा अवस्थित माछापुच्छ्रे माविको त्रिदिवसीय स्वर्ण महोत्सव समारोह आइतबार सम्पन्न भयो ।

फागुन १०–१२ गते आयोजना गरिएको महोत्सवको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट पानसमा दीप प्रज्जवलन र स्वर्णस्तम्भ अनावरण गरी कार्यक्रमको आरम्भ भएको थियो । उक्त अवसरमा ५० हजार १भन्दा माथिका १३० मध्ये उपस्थित ५० जना चन्दादातालाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयलाई २ लाख २ हजार चन्दा सहयोग गरेकामा समाजसेवी आश बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

समाजसेवी रामप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो दिन १० हजार ९ सय ९९ भन्दा कम सहयोग गर्ने चन्दादातालाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयका भूतपूर्व शिक्षक, शिक्षिका, जग्गादातालाई सम्मान गरिएको थियो । महोत्सवको तेस्रो दिन प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट बास्केटबल कोर्टको उद्घाटन गरियो । त्यसै गरी ३ लाख १३ हजार १३सहयोग गरेकामा गण्डकी रेन्बो ट्राउटलगायत पहिलो दिनका चन्दादातालाई सम्मान गरिएको शिक्षक लोक आचार्यले जानकारी दिए ।

विद्यालयले स्वर्ण महोत्सवको अवसरमा सङ्कलित रकम १ करोड ५६ लाख रकम प्राविधिक शिक्षामा लगानी गर्ने विद्यालयका प्राचार्य सन्तोष आचार्यले जानकारी दिए । विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा १२ कि.मि म्याराथन लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

1 thought on “माछापुच्छ्रे माविको स्वर्ण महोत्सव सम्पन्न, सङ्कलित १ करोड ५६ लाख रकम प्राविधिक शिक्षामा लगानी गरिने

  1. राम्रो छ, अझै प्रगती गर्नुस शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post