क्रिकेट खेलकुद

युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला नेपाललाई

नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले जितेको छ। नेपाली बलरहरूले पुनः आफुहरूलाई प्रमाणित गरेपछि खेल नेपालको पक्षमा आएको हो। अन्तिम तथा निर्णायक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल आयोजक युएईलाई २-१ ले पराजित गरेको हो। यसअघि शृङ्खला १-१ को बराबरी स्थितिमा थियो।

आइतवार दुबईमा दुई घण्टा पानी परेपछि ढिलो शुरू भएको खेल १० ओभरमा घटाइएको थियो।त्यस्तो मौसममा युएईले टस जितेपछि नेपाललाई ओसिलो मैदानमा पहिले ब्याटिङ गर्न पठाएको थियो। त्यसको फाइदा आयोजक टोलीका बलरहरुले भरपुर उठाउन सक्यो।

प्रारम्भिक ब्याट्सम्यानका रुपमा अर्को प्रयोग गरिएका खेलाडी पवन सर्राफ ४ बलमा एक रन पनि जोड्न नसकी आउट भएपछि नेपालको विकेट पतन शुरु भएको थियो।

त्यो क्रम अन्तिम ओभरसम्म जारी नै रह्यो। कप्तान पारस खड्काले २९ रनमा आउट हुंदा ५४ रनको अवस्थामा ४ विकेट गुमिसकेको थियो।

त्यसमा युवा खेलाडी सन्दिप जोराले ११ बलमा ३ छक्काको मदतले २८ तथा भेट्रान विनोद भण्डारीले २१ रन जोड्दा टोलीले १०० रनको स्कोर पार गरेको थियो। अन्तिम ओभरमा तीन खेलाडी गुमाएपछि नेपालको स्कोर १०४ मा समेटिन पुगेको थियो। बलिङतर्फ युएईका मोहम्मद नाबिद र आमीर हायातले २/२ विकेट लिएका थिए।

Source: BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post