स्वास्थ्य

रामेश्वर कृषि सहकारीको खुला रक्तदानमा ४४ युनिट रगत सङ्कलन

रामेश्वर कृषि सहकारी संस्था लिमिटेड पोखरा १७ विरौटाको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ४४ युनिट रगत सङ्कलन भएको छ ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीद्वारा रक्तदाता तारानाथ आचार्यलाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । क्षेत्रीय रक्तरञ्चार कार्यालयको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा विशेष अतिथि छाती रोग विशेषज्ञ डा. सि.पि. आचार्यले रक्तदान गर्न हुने र नहुने अवस्थाबारे जानकारी दिए ।

कार्यक्रममा दन्त रोग विशेषज्ञ डा. विमल पन्थीले दाँतको दैनिक सरसफाइ सम्बन्धी जानकारी गराए । डेन्टल केयर सेन्टर प्रा.लि. महेन्द्रपुलको प्राविधिक सहयोगमा १३६ जनाले निशुल्क दन्त परीक्षण गरेका थिए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका संयोजक लक्ष्मण पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन संस्थाका सचिव सालिकराम भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post