शिक्षा संस्कृति

सन्दर्भ: गुरु पूर्णिमा

गुरु पूर्णिमा विशेष गरी नेपाल र भारतमा विशेष दिनका रुपमा गुरुहरुको योगदानको कदर गर्दै धन्यवाद दिई मनाइन्छ । गुरु पूर्णिमालाई परम्परागत रुपमा गुरुलाई दिइने सम्मानका रुपमा मनाइन्छ भने यसलाई धार्मिक रुपमा पनि महत्त्वपूर्ण मानिन्छ । गुरु पूर्णिमामा देशका केही भागहरुमा वेदव्यासको र बुद्धको पूजा आराधना गरिन्छ । तसर्थ यो दिनलाई ‘वेदव्यास पूजा’ र ‘बुद्ध पूर्णिमा’का दिनका रुपमा समेत चिनिन्छ । परम्परागत रुपमा बुद्ध पूर्णिमा हिन्दु, जैन, बौद्धमार्गीहरुले नेपालमा र भारतमा मान्दछन् ।

गुरु शब्दको शाब्दिक अर्थः

गुरु शब्द संस्कृत शब्द हो । जसमा ‘गु’ले अशिक्षा र अन्धकारलाई बुझाउँछ भने ‘रु’ले हटाउने अर्थ दिन्छ । तसर्थः गुरुको शाब्दिक अर्थ अन्धकार हटाउने भन्ने हुन्छ । अझ यसलाई स्पष्ट जीवनको अन्धकार हटाउने व्यक्ति नै गुरु हो । तसर्थ गुरुलाई जीवनको अन्धकार हटाउने व्यक्तिको रुपमा चिनिन्छ । गुरु पूर्णिमाको दिनमा गुरुहरुको पूजा, आराधना गर्ने, गुरुलाई सम्झने र सम्मान गर्ने गरिन्छ ।

आज गुरू पूर्णिमा यस दिनलाई ज्ञानको ज्योति दिलाई अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने गुरूलाई सम्मान गर्ने दिनको रुपमा लिने गरेको पाइन्छ । गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँगको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागि गुरु र गुरुतत्त्वको ठूलो महत्त्व छ । हाम्रो संस्कार र संस्कृतिमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिताभन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्छौँ । गुरुले आफ्ना शिष्यहरुसंग आत्मा र परमात्माको बीचमा सेतु भएर काम गर्छन् । जसरी सूर्यको प्रकाशले चन्द्रमाले कालो रातलाई उज्यालो बनाएझैं गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन् ।

गुरुब्रह्मा गुरुविष्णु गुरुर्देवो महेश्वरः
गुरुः साक्षात परम्ब्रह्मा तस्मै श्रीगुरुवे नमः
अर्थात्,

गुरुनै सबै हुन् । ब्रम्ह, बिष्णु र महेश्वर ।
उनलाई म प्रणाम गर्दछु ।

गुरु व्यास’को सम्झनामा गुरु पुर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको विश्वास गरिन्छ । गुरु व्यासले चार वेद, अथर पुरण, महाभारत र श्रीमद् भागवत गीता पनि लेखेका हुन् । उनी गुरुहरुका गुरु दतरात्रयका पनि गुरुका रुपमा मनिन्छन् । हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पुर्णिमाको दिनलाई अति उत्तम मानिन्छ । जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन्, ती महान् व्यक्ति गुरु हुन् । त्यस्ता गुरुप्रति सम्मान र सद्भाव कायम राख्नु सबैको कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post