विश्व

सिरिया युद्धविराममा सहमति जुटेन, नागरिकको अवस्था नाजुक

सिरियामा केही दिनदेखि जारी संघर्ष रोक्ने संयुक्त राष्ट्र संघको प्रयास असफल भएको छ । युद्धविरामको प्रयास स्वरुप बिहीवार बसेको सुरक्षा परिषदको बैठक विना निस्कर्ष सकियो ।
बैठकमा सिरियामा चलिरहेको संघर्ष रोक्नका लागि ३० दिनको युद्धविराम सम्बन्धी प्रस्तावबारे छलफल भएको थियो । तर, रुसको कारण यो प्रस्ताव पास हुन सकेन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद सीरियामा मानवतावादी युद्धविरामका लागि राजी नभएको रुसको भनाई छ ।
स्वीडेन र कुवेतले युद्धविराम सम्वन्धी प्रस्ताव राखे पनि रुसले त्यसमा संसोधन राख्यो ।
संयुक्त राष्ट्रमा रुसका प्रतिनिधि वेस्ली नेबेनज्याले रुसले यस प्रस्तावको ग्यारेन्टी चाहेको भन्दै पेश गरिएको प्रस्ताव ग्यारेन्टीको आधार नभएको बताए ।
‘हामी चाहन्छौं संयुक्त राष्ट्रसंघको प्रस्ताव प्रभावकारी होस् । यो मात्रै चर्चाको विषय नबनोस् । युद्धविरामलाई कसरी प्रभावकारी बनाउने यो नै सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ वेस्लीले भनेका छन् ।
श्रोत:अनलाइनखबर
Picture source: Sky News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

0 Shares
Share
Tweet
+1
Pin