साहित्य

सिर्जनशीलमा देवकोटाका उपन्यासबारे विमर्श

सिर्जनशील लाेकतान्त्रिक प्रतिष्ठान पाेखराकाे नियमित कार्यक्रम अन्तर्गत आज शनिबार राजेश्वर देवकोटाका उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य डा. टीकाराम आचार्य आरूणिले आफ्नाे `राजेश्वर देवकोटाका उपन्यासमा साङ्ख्य दर्शन´ शीर्षकको विद्यावारिधि शाेधप्रबन्धकाे सार प्रस्तुत गर्दै साङ्ख्य दर्शनका आधारभूत अवधारणा र त्यसकाे देवकोटाका उपन्यासमा उपयाेगका बारेमा आफ्ना धारणा प्रस्तुत गरे ।

साङ्ख्य दर्शनले आधारभूत रूपमा प्रस्तुत गर्ने प्रकृति र पुुरूषका विवध अवस्थाकाे चर्चा गर्दै देवकाेटाका उपन्यासमा यसका करिब २७-२८ वटा विशेषताहरू सघन रूपमा पाइएकाे उनकाे धारणा थियाे ।

देवकोटाका आठ उपन्यास भए पनि चार उपन्यासमा यसकाे सघन प्रयाेग पाइने र तिनमा पनि वर्गीकरण गर्न सकिने आधार देखाउँदै उनले भने : “आध्यात्मिक ज्ञान र साङ्ख्य दर्शनको वैराग्य सम्बन्धी विचार प्रखर मात्रामा प्रस्तुत गर्ने पूर्वकथा पहिलाे काेटिकाे उपन्यास हाे। त्यस्तै त्याग, कर्मशीलता, पराेपकार, पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्ने उत्सर्ग प्रेम´ दाेस्राे स्तरकाे कृति हाे । प्रकृतिका रहस्य खाेतल्ने र आधुनिक ज्ञानलाई ससीम ठान्ने `आवर्तन´ तेस्राे र नैतिक आदर्शमा विश्वास गर्ने `पूर्णिमा´ चाैथाे स्तरका कृति रहेकाे तथ्य विश्लेषणद्वारा प्रमाणित भएकाे छ ।”

कार्यक्रममा प्रा.डा. विष्णुप्रसाद पाैडेल, प्रा.डा. नरहरि गाैतम, डा. यमनाथ तिमिल्सिना, डा. वासुदेव भण्डारी, डा. नवराज न्याैपाने, डा. भाेलानारायण रेग्मी, डा. सवीन्द्रराज भण्डारी, तारा पाखे, वसन्त पराजुली, सूर्यभक्त सिग्देल र गणेश चालिसेले आआफ्ना धारणा राख्दै पूर्वीय दर्शन र त्यसमा पनि साङ्ख्य दर्शन गहन भएकाे र उपन्यासमा दर्शनकाे प्रयाेगलाई हेर्नु मूल्यवान काम भएकाे उनीहरूले बताए ।

प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकाेटीकाे अध्यक्षता तथा सचिव डिल्लीराम पाैडेलकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिषठानका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयाेजक सुरज पाैडेलले क्यालेन्डर प्रकाशनकाे आयव्यय प्रस्तुत गरेका थिए भने कल्याण पन्तले लघुकथा वाचन पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post