शिक्षा

‘स्टान’ कास्कीको रिलायन्स विज्ञान हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

‘स्टान’ कास्कीद्वारा आयोजना गरिएको प्रदेश मावि स्तरीय रिलायन्स विज्ञान हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भयो। मदरल्यान्ड मा.वि.कास्कीको सभाहलमा आयोजित प्रतियोगितामा निजी तथा सामुदायिक गरी ९८ समूह सहभागी भएका थिए । कूल ९८ समूहमध्ये छनौट चरणमा सफल ३२ समूह प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगितामा रेन्बो एकेडेमी होम्स् कास्की प्रथम, नमुना मा.वि पर्वत द्वितीय, मदरल्याण्ड मावि कास्की तृतीय, लिटिल स्टेप मावि नवलपुर सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान ल्याउन सफल विद्यार्थीलाई क्रमशः १५ हजार, १० हजार, ८ हजार र ५ हजार पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरी सेमी फाइनलमा पुग्न सफल काली गण्डकी एकेडेमी पर्वत, बेसलाइन मा.वि.कास्की, सैनिक महाविद्यालय कास्की र राइजिङ स्टार मा.वि कास्कीलाई एक एक हजार पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

दुई दिवसीय कार्यक्रमको प्रमुख अतिथि तथा उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले शुक्रबार स्टान कास्कीको ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा मदरल्याण्ड मा.विका डाइरेक्टर डा. त्रिभुवन शर्मा बराल, मदरल्याण्ड मा.विका प्राचार्य नारायण बराल, रेन्बो एकेडेमीका प्राचार्य बाबुराम बराल, रिलायन्स पब्लिकेसनका बि.के. झा, स्टानका केन्द्रीय कोषाध्यक्ष देवेन्द्र कर्ण, सामाजिक अध्ययन मञ्च कास्कीका अध्यक्ष टेकनाथ पौडेल, स्टान कास्कीका सल्लाहकार लक्ष्मण पोखरेल, पुष्पराज पौडेल लगायतले कार्यक्रमको औचित्यबारे बोलेका थिए । कार्यक्रम स्टान कास्कीका अध्यक्ष राजकुमार ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका संयोजक सुनिल न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रम स्टानका सचिव सुजन लम्सालले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post