राष्ट्रिय

हावाहुरीले बारा र पर्सामा सयौँ घाइते, धनजनको ठूलो क्षति

आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा धनजनको क्षति भएको गृह मन्त्रायलका अधिकारीहरूले बताएका छन्। मध्यरातसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेका छन्। घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ। तर ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

यसअघि राति १०:३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए।

प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन्।

हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ। बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post