विचार

सुशासन र समृद्धिको मार्ग

कृष्ण काफ्ले

“भ्रष्टाचारमा चुर्लुम्म डुबेका व्यक्तिलाई राजनीतिले शुद्धीकरण गरी चोख्याउने डरलाग्दो प्रवृत्ति विगत लामो समयदेखि चलिरहेको छ । यो प्रवृत्तिको अन्त्य नेतृत्वको दृढ इच्छाशक्तिबाट मात्र सम्भव छ ।” 

‘सुशासन’ र ‘समृद्धि’को नारा प्रत्येक आन्दोलनको नारा हो । यो हाम्रा लागि कत्ति नौलो छैन । प्रत्येक नयाँ सरकारले बक्ने नारा पनि यही नै हो । अहिलेसम्म हेर्दा लाग्छ, यो नारा कहिले सरकार टिकाउको हतियार बन्यो भने कहिले राजनीतिक विकाउको भ¥याङ बन्यो । राजनीति व्यक्ति र पार्टी स्वार्थबाट दुर्गन्धित बन्दै गयो भने कर्मचारीतन्त्रमा अराजकता, बेथिति, भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादले सीमा नाघ्यो ।

सुशासन र समृद्धिको नारा जति सुन्दर छ, त्यक्तिकै यसको कार्यान्वयन र स्थायित्वको जटिलता पनि छ । सुशासन र समृद्धिले मूलतः तीन कुराको माग गर्दछ :पहिलो नेतृत्वको इच्छाशक्ति, दोस्रो शान्ति र स्थिरता र तेस्रो राज्यप्रणाली । यी तीन कुरा सुशासन र समृद्धिका आधार हुन् । तर हामी कहाँ यी तीनै कुराको अभाव देखियो ।

२ सय ५० वर्षको एकात्मक राज्य व्यवस्था परिवर्तन गर्न हामी सफल बन्यौँ तर हाम्रा प्रवृत्ति, सोँच र आचरणमा जुन रुपमा सुधार आउनुपर्ने हो, त्यो आउन सकेन । विकास र सुशासनको पहिलो खुड्किलो नै अग्रगामी सोंच हो । सत्रौं शताब्दिको प्रवृत्ति र सोंचले एक्काइसौं शताब्दिको नेतृत्व गर्न सम्भव छैन । मूलत परिस्थितिको वस्तुवादी विश्लेषणविना तयार पारिएका विकास योजना केवल अल्पवधिका लागि मात्र हुन सक्छ । तर नेपालको अहिलेको आवश्यकता दिगो विकास हो । क्षणिक राजनीतिक स्वार्थका लागि देखावटी र क्षणिक विकासे नाराले कुनै अर्थ राख्दैन ।

हामी पोखरीको हिलो फ्याँक्न खोज्दै छौं । हिलो नै फ्याँक्ने हो भने माछा मारेर मात्र फ्याँक्न सम्भव छ्रैन । एक पटक पोखरी नै सुकाएर सफा गर्नुपर्छ । अर्थात् ‘न रहे बाँस न बजे बाँसुरी ।’ यो नै सुशासन र समृद्धिको पहिलो खुड्किलो हुनेछ ।”

सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्व अनिवार्य सर्त हो । राजनीतिक अस्थिरता र अराजकताले सधैँ सुशासनमा बाधा सिर्जना गर्छ । अहिले २ सय ५० वर्षको एकात्मक शासन व्यवस्थासँगै २० वर्षदेखि रिक्तता देखिएको स्थानीय निकायले पूर्णता पाएको छ । सँगसँगै अस्थिर राजनीति कम्तीमा पाँच वर्षका लागि स्थायी सरकार बनेको छ, जुन शान्ति र विकासका निम्ति आशालाग्दो परिस्थिति हो ।

समृद्धि र सुशासनको बलियो पाटो नेतृत्वको इच्छा शक्ति हो । देशमा व्याप्त भ्रष्टाचार, बेथिति, विकृति र विसङ्गतिको अन्त्यका लागि नेतृत्वले इच्छा शक्ति राख्ने हो भने सुशासन र समृद्धि त्यति टाढा छैन । देशलाई गरिबीमा धकेलेर कङ्गाल बनाउने र सबै क्षेत्रलाई अस्थिर, अराजक, विकृत तुल्याउने भ्रष्टाचार नै देशको अर्थतन्त्रको दोहन गर्ने सबैभन्दा जटिल समस्या हो । नेपालको सन्दर्भमा प्राय भ्रष्टाचारी नेतृत्वबाट संरक्षित भए भने स्वयम् नेतृत्व नै पनि प्रत्यक्षतः भ्रष्टाचारमा संलग्न भएका घटना बाहिर आएका छन् ।

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि वर्षौंदेखि जरा गाडेर बसेको यो प्रवृत्ति ठूलो धक्का नदिई हट्न सक्ने देखिँदैन। नेपालका सन्दर्भमा भ्रष्टाचार व्यक्ति प्रवृत्ति मात्र नभएर संस्कारकै रुपमा मौलाएको छ । यो प्रवृत्ति मौलाइनुमा पहिलो कारण भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुनु हो ।

भ्रष्टाचारमा चुर्लुम्म डुबेका व्यक्तिलाई राजनीतिले शुद्धीकरण गरी चोख्याउने डरलाग्दो प्रवृत्ति विगत लामो समयदेखि चलिरहेको छ । यो प्रवृत्तिको अन्त्य नेतृत्वको दृढ इच्छा शक्तिबाट मात्र सम्भव छ ।निश्चित रुपमा सरकारको पछिल्लो कदमले भ्रष्टाचारीको निद हराम भएको छ । उनीहरु राजनीतिक संरक्षणका निम्ति हार गुहार गरिरहेका छन् । तसर्थ भ्रष्टाचार व्यक्ति विशेषको कार्वाहीबाट मात्र सम्भव छैन । हामी पोखरीको हिलो फ्याँक्न खोज्दै छौं । हिलो नै फ्याँक्ने हो भने माछा मारेर मात्र फ्याँक्न सम्भव छ्रैन । एक पटक पोखरी नै सुकाएर सफा गर्नुपर्छ । अर्थात् ‘न रहे बाँस न बजे बाँसुरी ।’ यो नै सुशासन र समृद्धिको पहिलो खुड्किलो हुनेछ ।

हाम्रो संविधानले ‘अबको राज्य समाजवाद उन्मुख राज्य हुनेछ’ भनेको छ । हामीले खोजेको समाजवादी राज्यको चरित्र कस्तो हुने भन्नेमा भने खासै बोलेको पाइँदैन । साँच्चै राज्य समाजवादी चरित्रको भए समृद्धि र सुशासन त्यति टाढा छैन । तर नेतृत्व यसप्रति कत्तिको संवेदनशील भएर लाग्छ हेर्न बाँकी छ । राष्ट्रिय पूँजीको निर्माण, उत्पादनमा आधुनिकीकरण, स्रोत र साधनको सही परिचालन र व्यवस्थापन, औधोगिकीकरणको तिव्र विकास विना त्यो सम्भव देखिँदैन ।

देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने, स्थानीय तहमा साना र मझौला उद्योगको विकास गरी आत्मनिर्भरताको बाटो अवलम्बन गर्नु सुशासन र समृद्धिको दह्रो आधार हुन सक्छ । नेतृत्वको अबको पहल कदमी पनि यसतर्फ नै हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

22 Shares
Share22
Tweet
Pin