विचार शिक्षा

पढाइ कि सिकाइ ?


“परिवार, समाज र राष्ट्रप्रति पुरै बेखबर बन्ने नयाँ पुस्ता केबल पढेको मात्र छ, सिकेको छैन । उनीहरुको व्यवहारले पनि यही कुरालाई संकेत गर्छ। माध्यमिक तहको विद्यार्थी सामाजिक संस्कारसँग परिचित बन्न सक्ने कि नसक्ने ? परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई आत्मसात गर्न सक्ने कि नसक्ने ? यदि सकेनन् भने त्यो कसको कमजोरी ?”


पढ्नु, जान्नु, सिक्नु, बोध गर्नुलाई हामी एउटै अर्थमा बुझ्छौँ । विषयगत ज्ञान हुनु भनेको पढेको भन्ने अर्थ लगाउँछौँ । यसको मापनको आधार वार्षीक परिक्षा नै हो हाम्रा निम्ति । पढ्नुका पछाडिको सिक्नुपनि हो भन्ने तथ्यलाई बिर्सेर केबल परिक्षाको तहगत श्रेणीलाई जब सिकाइ वा सिक्नुसँग जोडिन्छ तब शैक्षिक प्रगतिको बाटो यहीँनेरबाट अन्यत्र कतै मोडिन्छ ।

‘पढ्नु’ र ‘सिक्नु’ अर्थात् पढाइ र सिकाइ एउटै लक्ष्य प्राप्तिका दुई भिन्न आयाम हुन् । कुनै विद्यार्थीले परीक्षामा राम्रो अङ्क प्राप्त गर्यो पढाइ हो, त्यो सिकाइ नहुन पनि सक्छ । पढाइले व्यवहारिक र उसको सामाजिक जीवनमा पनि परिवर्तन ल्याउन सक्यो वा सकेन, त्यसको निर्धारण सिकाइ हो । पढेका कुरालाई व्यवहार त प्रयोगमा ल्याउन सक्नु नै वास्तवमा ‘सिकाइ’ हो ।

अब हाम्रा विद्यालयतिर फर्कौं, हामी पढाइ रहेका छौं कि सिकाइ रहेका छौं ? अहिलेसम्मको हाम्रो अभ्यास केवल पढाइमा मात्र केन्द्रित छ । हामी राम्रो अंक र उत्कृष्ट जीपिएलाई सिकाइसंग तुलना गर्छौं । जबकि माध्यमिक तह उत्तीर्ण गरेको एउटा विद्यार्थी कुनै सरकारी वा गैरसरकारी कार्यालयमा निवेदन दिनुपर्यो भने अर्कोको भर पर्नुपर्ने अवस्था छ । त्यति मात्र होइन, आफ्नै दैनिकीमा समेत परनिर्भर छ । अनि त्यसलाई हामी पढाइ भन्ने कि सिकाइ ?

परिवार, समाज र राष्ट्रप्रति पुरै बेखबर बन्ने नयाँ पुस्ता केबल पढेको मात्र छ, सिकेको छैन । उनीहरुको व्यवहारले पनि यही कुरालाई संकेत गर्छ। माध्यमिक तहको विद्यार्थी सामाजिक संस्कारसँग परिचित बन्न सक्ने कि नसक्ने ? परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई आत्मसात गर्न सक्ने कि नसक्ने ? यदि सकेनन् भने त्यो कसको कमजोरी ?

विद्यालयमा विद्यार्थीहरुलाई पढाउने मात्र कि सिकाउने पनि ? यदि सिकाउने नै हो भने हाम्रो शिक्षण अभ्यासमा परिवर्तन ल्याउन आवश्यक छ कि छैन ? कतै हामीले सिकाउने बहानामा पढाइ मात्र गरेका छौं कि ? पढाइ मात्र गरेका छौं भने सिकाइ कसले गर्ने? यावत प्रश्नको जवाफ के हुन सक्छ ?

सामाजिक मूल्य र मान्यता, राष्ट्रिय संस्कृति र सम्पदा, राष्ट्रियताप्रतिको चासो बढाउने जिम्मेवारीबाट हामी पछि हटेकै हौं । अब आत्मसमीक्षा गर्दै राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति नयाँ पुस्तालाई जवाफदेही बनाउने जिम्मेवारी पनि हाम्रै हो । यो बाटोबाट हामी चुक्यौं भने हाम्रा लागि त्यहाँभन्दा ठूलो दुर्भाग्य र बिडम्बना के हुन सक्छ ?

राधिका शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

8 Shares
Share8
Tweet
+1
Pin