राष्ट्रिय संस्कृति

आज बाल दिवस

आज भाद्र २९ गते विविध कार्यक्रम गरी बाल दिवस मनाइँदै छ । यस वर्षको बाल दिवसको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल: बाल दिवस सबैको सरोकार’ भन्ने रहेको छ । नेपालमा २०६६ अघि भदौ ४ गते बाल दिवस मनाउने गरिन्थ्यो । त्यसपछिका वर्षमा भदौ २९ मा बाल दिवस मनाउने गरिन्छ ।

बालबालिकाका पोषण, शिक्षा, स्वास्थ्य, स्वतन्त्रता सम्बन्धी अधिकारलाई स्थापित गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । हाल नेपालमा १८ वर्ष मुनिका ४१.८४ प्रतिशत, १६ वर्ष मुनिका ३६.३७ प्रतिशत र १४ वर्ष मुनिका ३२.३५ प्रतिशत बालबालिका रहेको तथ्याङ्क छ ।

सम्पूर्ण बालबालिकामा बाल दिवसको शुभकामना !

Photo Source: Google

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post