अर्थ/वाणिज्य

दिपाङ्ग ताल कृषि उत्पादन सहकारीको साधारणसभा तथा अधिवेशन सम्पन्न

दिपाङ्ग ताल कृषि उत्पादन सहकारी पोखरा–२७ अर्चलेको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश अर्थ समितिका सभापति दिपक कोइरालाले सहकारीले गरेको प्रगतिको प्रशंसा गर्नुभयो । विशिष्ट अतिथि जिल्ला सहकारी संघका महासचिव छविलाल लामिछानेले सहकारीको उद्देश्य र सहकारीको लगानी, सदस्य संख्या र विश्वासनीयताबाट प्रभावित रहेको बताउनुभयो ।

कार्यक्रममा सहकारीका ऋण उपसमितिका सदस्य दिननाथ पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए भने उपाध्यक्ष रमा धमलाले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा राम्जी लामिछानेले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिका संयोजकले आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

सहकारीका अध्यक्ष मनोज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उमाकान्त लामिछानेले गरेका थिए ।

साथै सहकारीको प्रथम अधिवेशनले बोधराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हेमराज आचार्य, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा शिवमोहन अधिकारी र सदस्यहरुमा दिननाथ पौडेल, श्रवण अधिकारी, सुस्मिता खड्का, सम्झना लामिछाने र तारादेवी अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post