साहित्य

गजल प्रतिभा पुरस्कार– २०७५बाट जीवनपानी पुरस्कृत

गजल सन्ध्या पोखराको यस वर्षको गजल प्रतिभा पुरस्कार– २०७५बाट स्याङ्जाका गजलकार जीवनपानी पुरस्कृत भएका छन् । जीवनपानीलाई नेपाली गजलको विकास र उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै १५३ औं मोती जयन्तीको अवसरमा सो सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

छनोट समितिका संयोजक तथा गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष प्रकट पंगेनी ‘शिव’ को समूहले जीवनपानीलाई छनोट गरेको थियो । गजलकार जीवनपानीका विज्ञान र गणितमा आधारित पाँचवटा गजलसङ्ग्रह प्रकाशित छन् । कार्यक्रममा पुरस्कृत स्रष्टाले गजलवाचनसमेत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति सरुभक्तले पुरस्कृत व्यक्तित्वलाई नगद तथा सम्मानपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । पुरस्कारको राशि १५ हजार रहेको छ ।

कार्यक्रममा पोखरेली गजलकार दीपक समीप, दिलिप दोषी, मनोज क्षेत्री लगायत पोखरेली गजलकारको उपस्थिति रहेको थियो । गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव वसन्त विनोदले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post