समाचार साहित्य

गजल सन्ध्या पोखराको १८३औँ गजल वाचन कार्यक्रम सम्पन्न

गजल सन्ध्या पोखराको १ सय ८३औँ नियमित गजल वाचन कार्यक्रम सम्पन्न भयो । गजल वाचनका मुख्य वाचकमा नमिता बराल र लक्ष्मण संगम रहेका थिए ।

कार्यक्रममा गजलकार संगीता लामिछाने, मनिषा पौडेल, वसन्त खनाल, रीता कँडेल, प्रकाश ज्ञवाली, सविता लामिछाने, सरस्वती सरु ‘श्रेष्ठ’, ईश्वरमणि अधिकारी, सुदर्शन पौडेल, अनिता अधिकारी, कपिलदेव लगायतले आफ्ना गजल वाचन गरेका थिए । देशमा बढ्दै गएको हत्या, हिंसा, बलत्कार तथा राजनैतिक खिँचातानी र प्रेम सन्दर्भलाई स्रष्टाहरुले मुख्य विषय बनाएर गजल वाचन गरेका थिए । गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदी ‘गुराँस’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वसन्त विनोदले गरेका थिए ।

मुख्य वाचकबाट १६ वटा गजलहरु वाचन गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

12 Shares
Share12
Tweet
+1
Pin