अर्थ/वाणिज्य समाचार

लेखनाथ बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति चयन

लेखनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२६ को १०औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन बुधबार सम्पन्न भयो ।

अधिवेशनले षडानन्द लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिबहादुर घर्ति क्षेत्री, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा किरणराज पौडेल र सदस्यहरुमा शिवप्रसाद भण्डारी, खगेन्द्र राज आचार्य, विश्व प्रकाश बराल, गङ्गा कुमारी बराल, गङ्गा थापा जि.सी., कल्पना रानाभाट र इन्दिरा लामिछाने रहेका छन् ।त्यसैगरी लेखा संयोजकमा कृष्णप्रसाद घिमिरे र सदस्यहरुमा सुधिरमणी लामिछाने र सूर्यराज न्यौपाने चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधीश बासुदेव न्यौपानेले लेखनाथ सहकारीले गरेको प्रगतिको प्रशंसा गर्नुभयो । विशिष्ट अतिथि जिल्ला सहकारी संघका महासचिव छविलाल लामिछानेले सहकारीको उद्देश्य र लेखनाथ सहकारीको लगानी, सदस्य संख्या र विश्वासनीयताबाट प्रभावित रहेको बताउनुभयो ।

कार्यक्रममा संचालक सदस्य अम्बिका सापकोटाले सहकारीका सात सिद्धान्त वाचन गरिन् भने उपाध्यक्ष अम्बिका गौतमले स्वागत मन्तव्य व्यक्त गरिन् । त्यसैगरी पूर्व संचालक सदस्य साबित्री काफ्ले भट्टराईले शुभकामना व्यक्त गरिन् । कार्यक्रममा वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङ र संस्थापक अध्यक्ष नारायण दत्त बस्ताकोटीले आआफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा शेयर धनीका छोराछोरी प्लसटुतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने छात्र जगत काफ्ले र छात्रा नम्रता आचार्य र एसइईमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रहरु आदित्य पौडेल र अंकित घिमिरे तथा छात्राहरु रक्षा भण्डारी र भावना बास्तोलालाई सम्मान गरिएको थियो । त्यसै गरी ज्येष्ठ सदस्यमा बलराम लामिछाने, रुक्मीनी लामिछाने र असल सहकारी अभ्यास अन्तरगत जनक लोहनी, सन्दिप लामिछाने, अनिता मरासिनीलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष गणेशभक्त अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नगेन्द्रराज लामिछानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

11 Shares
Share11
Tweet
+1
Pin