अर्थ/वाणिज्य समाचार

लेखनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा तथा अधिवेशन सम्पन्न

लेखनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२६ को १०औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन बुधबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधीश बासुदेव न्यौपानेले लेखनाथ सहकारीले गरेको प्रगतिको प्रशंसा गर्नुभयो । विशिष्ट अतिथि जिल्ला सहकारी संघका महासचिव छविलाल लामिछानेले सहकारीको उद्देश्य र लेखनाथ सहकारीको लगानी, सदस्य संख्या र विश्वासनीयताबाट प्रभावित रहेको बताउनुभयो ।

कार्यक्रममा संचालक सदस्य अम्बिका सापकोटाले सहकारीका सात सिद्धान्त वाचन गरिन् भने उपाध्यक्ष अम्बिका गौतमले स्वागत मन्तव्य व्यक्त गरिन् । त्यसैगरी पूर्व संचालक सदस्य साबित्री काफ्ले भट्टराईले शुभकामना व्यक्त गरिन् । कार्यक्रममा वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङ र संस्थापक अध्यक्ष नारायण दत्त बस्ताकोटीले आआफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा शेयर धनीका छोराछोरी प्लसटुतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने छात्र जगत काफ्ले र छात्रा नम्रता आचार्य र एसइईमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रहरु आदित्य पौडेल र अंकित घिमिरे तथा छात्राहरु रक्षा भण्डारी र भावना बास्तोलालाई सम्मान गरिएको थियो । त्यसै गरी ज्येष्ठ सदस्यमा बलराम लामिछाने, रुक्मीनी लामिछाने र असल सहकारी अभ्यास अन्तरगत जनक लोहनी, सन्दिप लामिछाने, अनिता मरासिनीलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष गणेशभक्त अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नगेन्द्रराज लामिछानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

10 Shares
Share10
Tweet
+1
Pin