शिक्षा साहित्य

नीलम कार्की निहारिकाको ‘योगमाया’लाई २०७४ सालको मदन पुरस्कार

साहित्यकार नीलम कार्की निहारिकाको ‘योगमाया’ पुस्तकलाई २०७४ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । मदन पुरस्कार गुठीले आज एक विज्ञप्ति प्रकाशित गरी सो जानकारी गराएको हो ।

२०७४ सालको मदन पुरस्कारको लागि मदन पुरस्कार गुठीले २५३ पुस्तकहरूबाट धुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरूङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की निहारिकाको ‘योगमाया’ , राज माङलाकको ‘लिम्बुनी गाउँ’, मोहन वैद्य ‘किरण’को ‘हिमाली दर्शन’ गरी श्रेष्ठ आठ पुस्तक सिफारिस गरेको थियो ।

त्यसै गरी यस वर्षको जगदम्बा श्री पुरस्कार शान्तदास श्रेष्ठलाई प्रदान गरिने भएको छ । श्रेष्ठ ५ दशकदेखि बालसाहित्यको विकास र प्र्र्रवद्र्धनमा क्रियाशील थिए । मदन पुरस्कार कृतिलाई र जगदम्बा श्री पुरस्कार व्यक्तिलाई प्रदान गरिन्छ । पुरस्कारको राशि दुई दुई लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post