स्वास्थ्य

युरोपमा दादुरा सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च

यूरोपमा दादुराका बिरामीको संख्या हालसम्मकै उच्च पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक सार्वजनिक भएको छ। दादुराका कारण यूरोपमा मात्रै सन् २०१८ को पहिलो ६ महिनामा ३७ जनाको मृत्यु भएको र ४१ हजारमा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ ।

गतबर्ष यो अवधिमा दादुरा संक्रमितको संख्या २३ हजारको हाराहारीमा थियो । दादुराविरुद्ध दिईने खोपमा खराबी देखिएका कारण पनि बिरामीको संख्या बढेको विशेषज्ञहरुको भनाई छ ।

डब्लुएचओले दादुराविरुद्ध उचित कदम चाल्न यूरोपेली देशहरुलाई आग्रह गरेको छ । सबैभन्दा धेरै युक्रेनमा २३ हजार संक्रमित रहेको र बेलायतमा ८ सय ७ जनामा संक्रमण देखिएको बी.बी.सीले उल्लेख गरेको छ ।

यस्तै, फ्रान्स, जर्जिया, ग्रीस, ईटाली, रसिया र सर्बिया लगायत मुलुकहरुमा दादुराका बिरामी १ हजार भन्दा बढी रहेको डब्लुएचओले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post