क्रिकेट खेलकुद समाचार

टी-२० विश्वकपको एसिया छनोटमा नेपालको जित

नेपालले टी-२० विश्वकपको एसिया छनोटमा थाइल्याण्डमाथि  १४० रनको सहज जित हात पारेको छ ।

वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन बनाउँदा पानी परेको थियो । नेपालका लागि सन्दीप लाछिछानेले ५ विकेट लिए । म्यान अफ द म्याच करण केसीले ३ विकेट लिए ।

यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले  अविजित ४० रन,  शरद भेषवाकरले ३४ रन, दीपेन्द्रसिंह ऐरीले ३० रन, अनिलकुमार शाहले २५ रन, विनोद भण्डारी १५ रन, आरिफ शेखले ८ रन बनाए । थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

4 Shares
Share4
Tweet
+1
Pin