घुमफिर

घुम्नैपर्ने स्थानमध्ये नेपालको पोखरा उत्कृष्ट १० मा पर्न सफल


सन् २०१७मा घुम्नैपर्ने स्थानमध्ये नेपालको पोखरा उत्कृष्ट १० मा पर्न सफल भएको छ।


 नेशनल जियोग्राफिकले प्रकाशित गरेको बेस्ट स्प्रिङ ट्रिपमा नेपालको पोखरा तेस्रो स्थानमा पर्न सफल भएको हो।

म्यारिलेन केनेडी डकेटद्वारा लेखिएको लेखमा पश्‍चिमको अमेरिकादेखि पूर्वको हिमालय देश नेपालसम्मलाई वसन्त ऋतुमा बेस्ट ट्रिपमा राखिएको छ जसमा पोखरा तेस्रो नम्बरमा परेको छ।

पोखरामा देखिने हिमाली छायाँको चर्चा गर्दै यहाँबाट देखिने अन्‍नपूर्ण हिमाल, साराङकोटबाट गरिएको प्याराग्लाइडिङ, धौलागिरी हिमाल र अनुपम कला संस्कृतिको अवलकोनका लागि नेपाल एक पटक पुग्ने पर्ने गन्तब्य भएको उल्लेख गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

15 Shares
Share15
Tweet
+1
Pin