विचार

‘रेडलाइट एरिया कि सांस्कृतिक जोन’

फेवातालको डिलमा बसेर माछापुच्छ्रेको सुन्दर आकृतिलाई नियाल्दै तपाईंले गरेको प्रस्तावले स्वयम् तपाईंलाई प्रश्न तेर्साएको हुनुपर्छ । पोखराको ऐतिहासिकता, सांस्कृतिक र प्राकृतिक गरिमा नै हाम्रो पर्यटनको आधार हो र बन्नुपर्छ । यसलाई वेवास्ता गरिने निर्णय स्वयम् पर्यटनकै निम्ति आत्मघाती हुनेछ ।

तीजको दर खाने दिन चेलीबेटीहरु माइतको साइत गर्दै गर्दा कतिपय पत्रपत्रिका र अनलाइनले हेडलाइन तय गर्दै थिए । सायद पोखरामा ‘रेडलाइट एरिया’ । यो तीजको दिनको विशेष समाचार बन्यो । समाचार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिसँग जोडिएर आयो । केही अनलाइन र राष्ट्रिय पत्रिकाले यसलाई प्राथमिकताका साथ प्रकाशन गरे । केही समर्थक जस्तै देखिए । खैर छाडौं, यो कुरालाई । केही समर्थन र विरोध जहाँ पनि हुन्छ । राम्रैको पनि विरोध हुन्छ त नराम्रोको पनि समर्थन हुन्छ र भइरहेको पनि छ ।

होटल संघले पोखरामा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्रीले दिएका केही अभिव्यक्तिले कता कता मलाई पनि छोयो । पोखरामा ‘रेडलाइट एरिया’, ‘यौनकर्मीलाई परिचय पत्र’, ‘सरकारी कर्मचारीको रोजाई सरकारी क्वाटर नभएर लेकसाइड’ र ‘यौनकर्मीलाई करको दायरामा ल्याई झन्झटबाट मुक्त हुने’– यिनै हुन् मुख्यमन्त्रीका अभिव्यक्ति र पत्रकारको संवेदनामा छोएका सन्दर्भ ।

म कसैलाई आक्षेप लगाउने पक्षमा पनि छैन र लगाउने पनि छैन तर सोझो टिप्पणी र आलोचनाको अधिकार भने अवश्य उपयोग गर्नेछु यो लेखमा । पहिलो कुरा समाजमा बग्रेल्ती समस्या छन्, हरेक समस्याको समाधान पनि हुनुपर्छ न कि इन्क्युरेवल छ । म पोखरामा यौनकर्मी छैनन् भन्दिन, पक्कै छन् । जाने बुझेकै कुरा हो । यसलाई पेशा बनाउँदा केहीका चुलो बलेका होलान्, केहीका घर ठडिएका होलान् र केही अपराधका घटना पनि घटेका होलान् । म त्यतापट्टि जान चाहिन । मुख्य प्रश्न यो हो कि, पोखरा ‘रेडलाइट एरिया’ छुट्याउनै पर्ने अवस्थामा पुगेको हो त ? असभ्य र अनियन्त्रित अवस्था नै आएको हो त ? मलाई लाग्छ, होइन, मैले बुझेको पोखरा त्यस्तो छैन । देह व्यापारलाई मलजल दिने को त ?भन्ने प्रश्न आउला । देह व्यापारका निम्ति गरिबी, चेतनाको कमी, छिटो धनी हुने होड र सांस्कृतिक स्खलन मुख्य विषय हुन् । पोखरामा फस्टाएको देह व्यापारका निम्ति पनि कारक यिनै हुन् । यसका निम्ति राज्य संयन्त्रले पहल कदमी गर्नु आवश्यक छ । मलाई लाग्छ, ‘रेडलाइट एरिया’ यसको समाधानको विषय होइन । हामीले देह व्यापारलाई निरुत्साहित गर्ने कि प्रश्रय दिने? यो मेरो प्रश्न माननीय मुख्य मन्त्रीज्यूलाई । मैले बुझेको ‘रोगको उपचार विष पिउनु होइन’ । कतै हामी रोग निको पार्ने बहानामा विषपान गर्न त जाँदै छैनौँ ?

तपाईको प्रस्ताव र निर्णयले राष्ट्रिय राजनीतिमा उदीयमान तपाईंको राजनीतिक छवि र उचाइलाई नघटाओस् । परिवक्व राजनीतिज्ञले समग्र समस्याको पहिचान र समाधानमा ध्यान दिन जरुरी हुन्छ । एक दुई व्यक्तिको स्वार्थ सिद्धीका निम्ति गरिने निर्णय क्षणिक लाभमा आधारित हुन्छ भन्ने कुरा तपाईं जत्तिको राजनीतिमा उचाइ हासिल गरेको नेतालाई मैले सिकाउनुपर्छ भन्ने लाग्दैन ।

उच्च पदस्थ व्यक्ति त्यसमा पनि प्रदेशको मुख्य मन्त्री प्रदेशकै संरक्षक हो । मुख्य मन्त्रीज्यूलाई सार्वजनिक स्थानमा गरिने टिप्पणीले पदीय गरिमालाई कत्तिको प्रभाव पार्छ भन्ने ख्याल पक्कै छ । पदीय जिम्मेवारी र जवाफदेहितालाई ख्याल गर्ने हो भने यस्तो संवेदनशील विषयमा अभिव्यक्ति दिनु कत्तिको उचित हो ? होइन भने, कसैले गलत मनसायले अगाडि सारेको विषयलाई चर्चाको विषय बनाइनु हुँदैन । अरु समाधान नै छैन जस्तो गरी यौनकर्मीलाई लाइसेन्स दिनु पनि देहव्यापारलाई बैधता दिनु हो । यस्तो अभिव्यक्ति दिनु अघि एकपटक सोच्न जरुरी छ कि आफ्नै परिवारका सदस्यले म यौनकर्मी बन्छु भनी माग ग¥यो भने परिचय पत्र दिने आँट गर्ने कि नगर्ने ? मुख्य मन्त्रीज्यू ! तपाईंसँग यो जिज्ञासाको उत्तर पाउने अपेक्षामा छु । यौनलाई व्यवसाय बनाउने बाध्यता कसले ग¥यो ? किन यो पेशालाई रोजिदै छ ? कस्ता व्यक्तिहरु जान्छन्, प्रायः कस्ता व्यक्ति संलग्न छन् यो पेशामा ? यसको हेक्का त यहाँलाई पक्कै छ ? मेरो विनम्र अनुरोध छ, पोखरा प्राकृतिक, सांस्कृतिक र शैक्षिक धरोहर हो । हामीमा आएको सांस्कृतिक विचलन र विकृतिले प्रश्रय पाएको हो । यसलाई लाइसेन्स दिनु हाम्रो सांस्कृतिक मान्यतामाथि बन्चरो चलाउनु हो । ‘रेडलाइट एरियाको मोह नै हो भने बरु मस्र्याङ्दी, त्रिशूली किनारामा कतै छाप्रा विस्तार गरे हुन्छ । सरकारले जग्गा अधिग्रहण गरोस् र यौनकर्मीलाई थुपारोस् । सांस्कृतिक मान्यतामा खुलै प्रहार गर्ने काम नहोस् । म आग्रह गर्दछु ।

अतिथि सत्कारका निम्ति नेपाली चेलीको शरीर सुम्पने प्रपञ्चको योजनाकार पक्कै त्यसको रसस्वादन गरेका नै होलान् । मलाई लाग्छ, पोखरा पर्यटकका लागि काफी छ । पोखरामा पर्यटक तान्ने प्रशस्तै आधार छन् । यहाँको प्रकृति, भूबनोट, ताल, छाँगो, नदी, हिमाल, होमस्टे र सांस्कृतिक सम्पदा आफैमा पोखराका गहना हुन् । यी गहनाबाट सुशोभित पोखरालाई रेडलाइट एरियाको अपवित्र अखडा बनाउने कुराले परिपक्व राजनीतिज्ञको अपरिपक्व प्रस्ताव हो भन्ने लाग्छ । म कामना गर्दछु कि तपाईको प्रस्ताव र निर्णयले राष्ट्रिय राजनीतिमा उदीयमान तपाईंको राजनीतिक छवि र उचाइलाई नघटाओस् । परिवक्व राजनीतिज्ञले समग्र समस्याको पहिचान र समाधानमा ध्यान दिन जरुरी हुन्छ । एक दुई व्यक्तिको स्वार्थ सिद्धीका निम्ति गरिने निर्णय क्षणिक लाभमा आधारित हुन्छ भन्ने कुरा तपाईं जत्तिको राजनीतिमा उचाइ हासिल गरेको नेतालाई मैले सिकाउनुपर्छ भन्ने लाग्दैन । मलाई त लाग्छ–‘फेवातालको डिलमा बसेर माछापुच्छ्रेको सुन्दर आकृतिलाई नियाल्दै तपाईंले गरेको प्रस्तावले स्वयम् तपाईंलाई प्रश्न तेर्साएको हुनुपर्छ । पोखराको ऐतिहासिकता, सांस्कृतिक र प्राकृतिक गरिमा नै हाम्रो पर्यटनको आधार हो र बन्नुपर्छ । यसलाई वेवास्ता गरिने निर्णय स्वयम् पर्यटनकै निम्ति आत्मघाती हुनेछ ।

समग्र गण्डकी प्रदेशको भौगोलिक र सांस्कृतिक विविधता चिनाउनतिर जान अब ढिला गर्नुहुँदैन । थोरै चेतना र गरिबीबाट माथि उठ्ने बित्तिकै यौनकर्मीको संख्यामा कमी आइहाल्छ । सांस्कृतिक चेतनामार्फत परिवर्तन ल्याउन सम्भव छ । अब पोखरा ‘रेडलाइट एरिया’ होइन, ‘सांस्कृतिक जोन’ हुनुपर्छ। चेतना भया !

जहाँसम्म नेपाल सरकारका कर्मचारीको सन्दर्भ लेकसाइड रोजाइको सन्दर्भ यहाँले कोट्याउनु भयो । ती कथित भ्रष्ट कर्मचारी हुनुपर्छ । आफ्नो तलबमानमा सीमित हुने कर्मचारीलाई त सन्तानको शिक्षा दिक्षा र घरखर्च चलाउनै मुस्किल छ । एक दुई निमकहराम कर्मचारीलाई हेरेर यस्तो संवेदनशील विषयमा कुरा उठाउनु कत्तिको शोभनीय हुन्छ मैले बुझाइरहनु नपर्ला !

पोखरा आसपासको क्षेत्रका साथै समग्र गण्डकी प्रदेश नै आफैमा पर्यटकीय गन्तव्य हो । हाम्रा लोकपरम्परा र मौलिक संस्कृति पर्यटक आकर्षणका बलिया अस्त्र बन्न सक्छन् । हाम्रा प्राकृतिक छटा पर्यटक लोभ्याउने मायालु साधन बन्न सक्छन् । रेड लाइट एरियाविनै पनि पर्यटन व्यवसाय फस्टाएका छिमेकी देशलाई नै हेर्दा हुन्छ । चीनको पर्यटनको आधार यौन धन्दा होइन, भारतका नैनीताल, सिक्किम, दार्जिलिङमा रेडलाइट एरिया त भेटिँदैन तर पर्यटनले ती क्षेत्रको अर्थतन्त्र उकासेकै छ । सबै पर्यटक यौनलाई उद्देश्य बनाएर नेपाल आउने त होइनन् ।
‘रेडलाइट एरिया’ र यौनकर्मीलाई परिचय दिई करको लोभ गरी सामाजिक र सांस्कृतिक मान्यतामा स्खलन ल्याउने संकुचित सोचाइबाट माथि उठ्न जरुरी छ । बरु समग्र गण्डकी प्रदेशको भौगोलिक र सांस्कृतिक विविधता चिनाउनतिर जान अब ढिला गर्नुहुँदैन । थोरै चेतना र गरिबीबाट माथि उठ्ने बित्तिकै यौनकर्मीको संख्यामा कमी आइहाल्छ । सांस्कृतिक चेतनामार्फत परिवर्तन ल्याउन सम्भव छ । अब पोखरा ‘रेडलाइट एरिया’ होइन, ‘सांस्कृतिक जोन’ हुनुपर्छ । चेतना भया !

– कृष्ण काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post