स्वास्थ्य

अनुसन्धान भन्छः ‘विवाह गर्नुहोस् हृदय रोगबाट बच्नुहोस्’

विवाहले हृदयरोग कम गर्ने

परम्परागत रुपमा महिला र पुरुष पति पत्नीका रुपमा रुपान्तरण हुने प्रक्रिया नै विवाह हो । विवाहपछिको जीवन एक अर्काप्रतिको विश्वासमा अडेको हुन्छ । यो एकअर्काको भन्दा पनि महिला–पुरुषबिचको सम्झौता हो । जीवनलाई सहज बनाउनका निम्ति विपरीत लिङ्गीसँगको सम्बन्ध स्थापित हुन्छ विवाहमा । समाजमा विवाह केवल पति पत्नी बन्नका लागि मात्र हो भन्ने परम्परित धारणा छ । विवाहको संस्कारगत महत्त्व त छ नै तर यो रोग नियन्त्रणमा समेत साधक बन्छ भन्ने जानकारी सबैलाई नहुन सक्छ । तर, अनुसन्धानबाट विवाहका बारेमा अर्थपूर्ण र रोचक तथ्य सार्वजनिक भएको छ ।

लामो र बृहत अनुसन्धानपछि विवाहले हृदय रोग र हृदयघात कम गर्ने निष्कर्ष खोजकर्ताले सार्वजनिक गरेका हुन् । अनुसन्धानकर्ताले अमेरिका ब्रिटेन, जापान, रुस, स्वीडेन, स्पेन, ग्रीसलगायत अन्य आठ देशका २ करोड व्यक्तिको विवरण संकलन गरी ३४ वटा अनुसन्धान गरेका थिए ।

अनुसन्धानकर्ताले विवाहित, अविवाहित, कहिल्यै विवाह नगरेका, श्रीमान श्रीमती गुमाएका र पारपाचुके गरेका महिला पुरुषको तुलानात्मक अध्ययन गरेको थियो । जसबाट विवाहितको तुलनामा अन्यमा ४२ प्रतिशत हृदयघात र १६ प्रतिशतमा कोरोनरी मुटुरोग लाग्ने गरेको निष्कर्ष अनुसन्धाताको छ । त्यसैगरी अनुसन्धानले ४३ प्रतिशत अविवाहितको मृत्यु कोरोनरी मुटुरोगका कारण र हार्ट स्ट्रोकका कारण ५५ प्रतिशत मृत्युको जोखिम भएको तथ्य पनि सार्वजनिक गरेको छ । अनुसन्धानले विवाहित एकल महिला वा पुरुषमा भन्दा अविवाहित र पारपाचुके गरेकामा हार्ट स्ट्रोकको खतरा बढी हुने तथ्य पनि अगाडि सारेको छ ।

अनुसन्धानले भनेको छ, ‘खोजमा अझै पूर्णता छैन । मुटुरोगका कारण अन्य पनि हुन सक्छन् । यसमा व्यक्तिको वित्तिय अवस्था, योगाभ्यास, सामाजिक सद्भावलाई समावेश गरिएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post