राष्ट्रिय

‘लास्ट बाई बाई’ भन्दै फेवातालमा हाम फाली बिदा भइन् लामिछाने

पोखराको ड्याम साइडमा रहेको ड्याम साइड पार्कबाट एक किशोरीले फेवातालमा हाम फाली आत्महत्या गरेकी छन् ।

स्रोतका अनुसार किशोरी कास्कीको पुम्दी स्तुपा नजिकैको कुदीकी १५ वर्षीया सुस्मिता लामिछाने हुन् । आइतबार साथीको बर्थडे मनाउन जान्छु भनी हिँडेकी उनी नफर्केपछि सोधखोज भएको थियो । आज बिहान मात्र ड्याम साइडमा रहेको ड्याम साइड पार्कमा उनको झोला भेटिएको थियो । प्रत्यक्षदर्शीले एक किशोरी राति १० सम्म पार्कमा यताउति डुलिरहेको बताएका छन् ।

पार्कको छेउमा झोला, मोवाइल र चप्पल भेटिएकाले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो। राती १०:४५ बजे नजिकका साथीहरुलाई ‘लास्ट बाई बाई’ लेखेको म्यासेज समेत मोबाइलमा भेटिएको थियो। सोहीअनुसार प्रहरीले खोजीकार्य गरेको थियो । केही समयको खोजीकार्य पछि नै उनको शव भेटिएको कास्की प्रहरीले बताएको छ ।

किशोरी छोरेपाटन मावि कक्षा १० मा अध्ययनरत रहेको पारिवरिक स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post