क्रिकेट खेलकुद

टी-२० विश्वकपको एसिया छनोटमा नेपालको सहज जित

नेपालले टी-२० विश्वकपको एसिया छनोटमा चीनमाथि  १० विकेटको सहज जित हात पारेको छ ।

आज भएको खेलमा पहिले ब्याटिङ्ग गरेको चीन १३ ओभरमा सबै विकेट गुमाउँदै २६ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दिप लामिछाने, ललित राजवंसी र वसन्त रेग्मीले समान ३-३ विकेट लिएका थिए । जवाफी ब्याटिङ्गमा उत्रेको नेपालले १.५ ओभरमा बिना विकेट गुमाइ लक्ष्य पूरा ग¥यो । नेपालका लागि बिनोद भण्डारीले ८ बलमा २४ रन र प्रदीप ऐरीले ४ रनको योगदान गरेका थिए ।

लगातार पाँचौ जितसँगै नेपाल १० अङ्क सहित समूहको शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post