विश्व

यी हुन्, विश्वमा सन् २०१८का टपटेन विश्व सुन्दरी

सौन्दर्यले जोसुकैलाई आकर्षित गर्छ । कतिपयले आँखालाई जेले लोभ्याउँछ त्यसलाई नै सौन्दर्यका रुपमा लिन्छन् । तर सौन्दर्य बाह्य आकर्षण मात्र नभएर आन्तरिक आकर्षण पनि हो । व्यक्तिको बाह्य र आन्तरिक आकर्षणले उसको व्यक्तित्वमा झनै उचाई थप्छ । भर्खर मात्र टपटेन रिभ्यू अफले विश्वका टपटेन विश्व सुन्दरीको नाम सार्वजनिक गरेको छ । जसमा ३३ वर्षीय अमेरिकन सुन्दरी वियोन्स् एक नम्बरमा पर्न सफल भएकी छिन् ।

हेरौं सन् २०१८ का टपटेन विश्व सुन्दरीको विवरणः

१०. लिजा सोबेरानो – फिलिपिन्स

सन् २०१८ को १० औं विश्व सुन्दरीमा फिलिपिन्सी नागरिक लिजा सोेबेरानो परेकी छन् । सोबेरानो अमेरिकी कलाकार हुन् । उनी यसभन्दा अगाडि सन् २०१६ मा विश्व सुन्दरीको २ नम्बरमा परेकी थिइन् । प्रत्येक वर्ष नयाँ नयाँ विश्व सुन्दरी छनोट भए पनि उनले यो वर्ष पनि आफ्नो पोजिसन सुरक्षित राख्न सफल बनेकी छन् ।

९. इम्मा वाट्सन– ब्रिटेन

इम्मा वाट्सन ब्रिटेनकी नागरिक हुन् । वाट्सन् मोडल र नायिका हुन् । उनी फ्रान्सको पेरिसमा जन्मेकी हुन् । २७ वर्षीया वाट्सन नारीवादी अभियन्ता हुन् । जसले उनको व्यक्तित्व र सौन्दर्यलाई चिनाउन सहयोग ग¥यो । बाल्यकालबाट नै अभिनय गरेकी वाट्सनले चर्चित फिल्मसिरिज ‘ह्यारी पोटर’मा हर्मियोन ग्रेङगरको भूमिका निभाएकी छिन् । यो सिरिजबाट नै उनी कलाकारिता क्षेत्रमा आवद्ध बनेकी थिइन् ।

८. प्रियङ्का चोप्रा – भारत

बलिउडकी चर्चित नायिका प्रियङ्का चोप्रा भारतीय नायिका हुन् । ३४ वर्षीया चोप्राले आफ्नो क्यारियर र सौन्दर्यलाई सुरक्षित राख्न सफल छिन् । हिन्दी सिरिजमा चर्चा कमाएकी चोप्राले विश्वका दशौं विश्व सुन्दरीमध्ये आठौं स्थान सुरक्षित राख्न सफल बनेकी छिन् ।

७. इम जिन आ– साउथ कोरिया

इम जिन आ साउथ कोरियन सुन्दरी हुन् । २६ वर्षीया इम नाना नामले परिचित छिन् । इम सन् २००९ मा ‘एशिया सुपर मोडल कन्टेस्ट’मा पहिला पटक सहभागी बनेकी थिइन् । उनी लाइसेन्स प्राप्त मेकअप कलाकार र मेकअप आर्टिस्ट एशोसिएसनको सदस्य समेत हुन् । उनी सोलो सङ गायिकाका रुपमा समेत परिचित छन् । यसभन्दा अघि उनले कोरियन सुन्दरी प्रतियोगितामा सातौं स्थान हात पारेकी थिइन् । सन् २०१८ का लागि उनी सातौं स्थानमा छिन् ।

६. फारिसे इभ्सेन– टर्की

फारिसे इभ्सेन टर्कीकी सुन्दरी हुन् । यिनको जन्म भने जर्मनीमा भएको थियो । उनी जर्मन–टर्किस नायिका र मोडल हुन् । ३२ वर्षीया फारिसे टिभि सिरिजमा नायिकाका रुपमा परिचित छन् । उनी पहिलो पटक सन् २००६ मा सुन्दरी प्रतियोगितामा सहभागी भएकी थिइन् । उनी सन् २०१८ को विश्व सुन्दरीको छैटौं स्थानमा छिन् ।

५. अलेक्जेन्ड्रा डाडारियो – अमेरिका

पाँचौँ स्थानमा पर्न सफल अलेक्जेन्ड्रा डाडारियो अमेरिकी सुन्दरी हुन् । ३२ वर्षीया डाडारियो अमेरिकी नायिका पनि हुन् । उनले अमेरिकी सिरिजमा नायिकाको भूमिका निभाउँछिन् । लस एनजल्स्मा बस्ने डाडारियो विशेष गरी कमेडी सिरिजमा अभिनय गर्छिन् ।

४. म्यानुएला आर्करी– इटली

म्यानुएला आर्करी इटालियन सुन्दरी हुन् । ४१ वर्षीया आर्करी नायिकाका साथै मोडल पनि हुन् । कराँतेमा व्लाकबेल्टसमेत प्राप्त उनी टिभि शोका साथै फिल्ममा अभिनय गर्छिन् । ब्ल्याक होल्स् उनले अभिनय गरेको पहिलो मुभिज हो । म्यानुएला आर्करीेले सन् २०१८ को विश्व सुन्दरीमा चौथो स्थान हात पारेकी छिन् ।

३. टेलर हिल–अमेरिका

२३ वर्षीया हिल अमेरिकी सुन्दरी हुन् । उनलाई चिनाउने मुख्य पाटो मोडलिङ हो । उनी सन् २०१५ बाट भिक्टोरिया सेक्रेट्स अर्थात फेसन डिजाइनरका रुपमा कार्यरत छन् । उनी प्राय सर्ट मुभिजमा अभिनय गर्छिन् । निला÷हरिया आँखाकी टेलर हिल सन् २०१८ का विश्व सुन्दरीमा तेस्रो स्थानमा छिन् ।

२. ताराने अलिदोस्ती–इरान

३४ वर्षीया अलिदोस्ती इरानियन नायिका हुन् । उनी दशककै सबैभन्दा बढी दर्शकले मन पराएकी मुभिज नायिका हुन् । उनलाई सेनेट सिनेमा म्याग्जिनले १३० सिने क्रिटिक्स मध्येबाट उत्कृष्ट नायिका घोषणा गरेको थियो । नायिका मात्र नभएर उनी राम्रो अनुवादक समेत हुन् । सन् २०१८ का विश्व सुन्दरीमा अलिदोस्ती दोस्रो स्थानमा छिन् ।

१. बियोन्स्–अमेरिका

३५ वर्षीया बियोन्स् सन् २०१८का्े विश्व सुन्दरीको पहिलो स्थानमा छिन् । वियोन्स् अमेरिकी गायिका, गीतकार र नायिका पनि हुन् । बाल्यावस्थाबाट नै गायन र नृत्यमा भाग लिने बिओन्स्ले चर्चित गीतहरुमा स्वर दिएकी छिन् । काली सुन्दरी बियोन्स् अमेरिकी दर्शक बीच लोकप्रिय छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

11 Shares
Share11
Tweet
Pin